२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जम्मू–कश्मीर घटनाप्रति थारु कल्याणकारीणी सभा देउखुरीद्वारा निन्दा

आइतवार , बैशाख १४, २०८२

दाङ, १४ वैशाख । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आक्रमणप्रति थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १, देउखुरीले गहिरो दुःख व्यक्त गर्दै निन्दा गरेको छ । आइतबार लमहीमा आयोजित शान्तिपूर्ण र्‍यालीमार्फत सभाका सदस्यहरूले घटनामा परी ज्यान गुमाएका नेपाली युवा सुदिप न्यौपानेलगायत अन्य मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभाले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हिंसाप्रति आक्रोश व्यक्त गरेको हो । कार्यक्रममा सहभागीहरूले प्लेकार्डहरू बोकेर लमही बजार परिक्रमा गरेका थिए । सभाका पदाधिकारीहरूले घटनाले नेपाली समुदायलाई समेत मर्माहत बनाएको उल्लेख गर्दै शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले थप सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका थिए ।