
सोमवार , बैशाख १५, २०८२
भैरहवा, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) भैरहवा बहुमुखी क्याम्पस, मूल इकाई समितिले भारतको जम्मू–कश्मीरमा ज्यान गुमाएका सुदीप न्यौपानेको सम्झनामा दीप प्रज्वलन गरेको छ । राप्रविसंले आइतबार साँझ भैरहवाको देवकोटा चोकमा उक्त कार्यक्रम गरेको हो । जम्मू–कश्मीरस्थित पहलगाममा आतंककारी समूहको आक्रमणबाट मृत्यु भएका न्यौपानेप्रति दुःख व्यक्त गर्दै संगठनले घटनाको निन्दा समेत गरेको छ ।
कार्यक्रममा राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले आतंकवादीको कुनै धर्म र जात नहुने बताए । उनले धर्म सोधेर कसैमाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको र यसको जति विरोध गरे पनि कमै हुने बताए ।राप्रविसंघ भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सलमान खानको अध्यक्षता तथा राप्रपा रुपन्देही जिल्ल सह–सचिव शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जम्मु–कश्मीरको पहलगाममा गत मंगलबार भएको आतंककारी आक्रमणमा परी एक नेपाली नागरिकसहित २६ जनाले ज्यान गुमाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij