
सोमवार , बैशाख १५, २०८२
बुटवल, १५ वैशाख । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्लबको २४८ औं साप्ताहिक नियमित बैठकको अवसर पारेर स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो ।
बैठकमा नाक, कान, घाँटी रोग विशेषज्ञ ईएनटी सल्लाहकार डा. प्रकाश बस्नेतले स्वास्थ्य सचेतना प्रदान गरेको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । त्यस अवसरमा डा. बस्नेतले मानिसमा देखिने नाक, कान र घाँटी सम्बन्धी समस्या, यसले स्वास्थ्यमा पर्ने प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएका थिए । पूर्व सचेतना र सावधानी अपनाउन सके नाक, कान र घाँटी सम्बन्धी समस्याबाट मुक्ति पाउन सकिने डा. बस्नेतले बताए ।
स्वास्थ्यको बारेमा जागरूकता जगाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले बताए । क्लबले विभिन्न समयमा रक्तदान, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना लगायतका सामाजिक र रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij