
मंगलवार , बैशाख १६, २०८२
काठमाडौं , १६ वैशाख ।सरकार र आन्दोलनरत शिक्षकहरुबीच मंगलबार पनि वार्ताको तयारी भएको छ ।
सोमबार मध्यरातीसम्म चलेको वार्ता सकारात्मक भएपछि मंगलबार पनि वार्ताको तयारी भएको हो । मध्यराती सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा शिक्षकहरु राखेका मागप्रति छलफल भएको थियो । आफुहरुको मागका बारेमा थप छलफल आवश्यक परेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले सरकारसंगको वार्ताका साथै आन्दोलन जारी रहने उल्लेख गरे । सरकारसंग ठोस निष्कर्ष निस्केपछिमात्रै आन्दोलन रोकिने उनको भनाइ छ ।
त्यस्तै शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसंगको वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै छिटै निष्कर्षमा पुगिने जानकारी दिए । उनले तोकिएको समयमा नै कक्षा १२ को परिक्षा सम्पन्न गर्नेगरि सरकार गम्भीर भएर समस्याको समाधानमा लागेको उल्लेख गरे ।मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij