
बिहिवार , बैशाख १८, २०८२
भैरहवा, १८ वैशाख । नेवाः खलः सिद्धार्थनगर, रुपन्देहीको २५ औं वार्षिक साधारण सभा मंगलबार भैरहवामा सम्पन्न भएको छ । खलका अध्यक्ष ई.चन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै अघि बढ्ने बताइन् ।
कार्यक्रममा नेवाःखलःका सचिव विश्व प्रकाश श्रेष्ठले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विनिता श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा उत्कृष्ट विद्यार्थी र नेवा प्रतिभा सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा समाजसेवी भरत कुमार पोखरेल, गजलकार प्राज्ञ बुंद राना, नेवाः खलःका लुम्बिनी प्रदेश अध्यक्ष बाबुराम श्रेष्ठ, एकल महिला अरुणा श्रेष्ठ, निवर्तमान अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, डा.कविन्द्र बज्राचार्य लगायतले भनाइ राखेका थिए । कार्यक्रममा खलका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भाग्यमान महर्जनको स्वागत तथा सचिव विश्व प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij