२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

धार्मिक सहिष्णुतामा खलल पुग्ने अभिव्यक्ति नदिन शाहीलाई ताहिर अलीको आग्रह

बिहिवार , बैशाख १८, २०८२

भैरहवा, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले धार्मिक सहिष्णुतामा खलल पुग्ने अभिव्यक्ति नदिन पार्टीका प्रवक्ता तथा सांसद् ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) लाई आग्रह गरेका छन् । 

सहायक महामन्त्री अलीले शाहीले भारतको जम्मु कश्मीर पलगामको घटनामा दिएको अभिव्यक्ति तत्काल सच्याउन आग्रह गरेका हुन् । अन्यथा राप्रपाका तमाम मुस्लिम समुदाय सोच्न बाध्य हुने उनले चेतावनी दिएका छन् ।

बिहीबार विज्ञप्ती जारी गर्दै नेता अलीले प्रवक्ता शाहीले पटकपटक मुस्लिम समुदायलाई होच्याउने अभिव्यक्ति दिदै आएको बताए । ‘यसपटक भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी घटनामा समस्त मुस्लिम समुदायलाई जोडेर दिनुभएको आपत्तिजनक अभिव्यक्तिले आश्चर्यचकित भएका छौं । र, यसले हामी समस्त मुस्लिम समुदायमा चोट पुग्न गएको छ, ’विज्ञप्तीमा भनिएको छ ।

शाहीले मुस्लिम धर्मावलम्बीलाई जोडेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको उनले बताए । ‘आतंककारीको कुनै धर्म र जात नहुने उनले स्पष्ट पारे । हामी नेपाली मुस्लिम धर्मावलम्बीहरु कुनै प्रकारको आतंकवादलाई समर्थन गर्दैनौं । हामी नेपाली मुसलमानहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्ने मान्यताका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका छौं,’विज्ञप्तीमा उल्लेख छ ।

494696944_1202644491642111_2028151561384871225_n.jpg