
शुक्रवार , बैशाख १९, २०८२
बुटवल, १९ वैशाख । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनी प्रदेश तथा पेशागत महासंघ नेपाल लुम्बिनीले संयुक्त रुपमा बिहीबार १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् । श्रमजीवि वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण सम्भव नहुने भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले अन्तर्राष्ट्रिय मजदुर दिवसको शूभकामना दिदै श्रमजीवि जनताको अधिकार रक्षाका लागि आफूहरु क्रियाशील रहेको बताए । उनले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि मजदूरको हकहित र अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए । त्यस्तै पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा उद्योगी कमल भण्डारीले मजदूर तथा श्रमजिवि जनता सम्मानित भएको देश मात्रै सबल हुने बताए ।
एकीकृत ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षता तथा पेशागत महासंघ नेपाल लुम्बिनीका महासचिव भिमबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सदस्य राजेन्द्र पाण्डे, पेशागत महासंघ लुम्बिनीका अध्यक्ष खगराज अर्याल, ट्रेड यूनियन महासंघ नेपाल लुम्बिनीका इन्चार्ज इन्द्रबहादुर राई लगायतका नेताहरुको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij