२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

पाल्पा पुगेर ग्रिन सिटीले गर्‍यो आर्थिक सहयोग

बुधवार , चैत्र ११, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, ११ चैत । 
    घाँसको भारी बोकेर हिंड्ने क्रममा पल्टिएर मृत्यु भएकी पाल्पाकी ६५ वर्षिय नुरमती रास्कोटीको परिवारलाई लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले मृतकको घरमै पुगेर परिवारलाई आर्थिक सहयोग गरेको छ ।

    जिल्लाको विगट गाउँमा पर्ने रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ मा पर्ने बल्ढेङगढीमा पुगेर ग्रिन सिटीले आर्थिक अभाव झेलिरहेका मृतकको परिवारलाई आर्थिक सहयोग गरेको लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए । अध्यक्ष गुप्ताले गरीबी र आर्थिक अभावमा परेको थाहा पाएपछि मृतकको घरमै पुगेर उनका श्रीमान ७५ वर्षिय छबिलाल रास्कोटीलाई क्रिया खर्च पुग्ने रकम हस्तान्तरण गरेको बताए । 

    फागुन ३ गते घर नजिकैको खरवारी कालापतलमा घाँस काटेर भारी बोक्ने क्रममा पल्टिएर मृत्यु हुन पुगेकी रास्कोटीको ६ छोरी र १ छोरा रहे पनि छोरीहरुको विवाह भइसकेको र छोरा १४ वर्षका छन् । 

    घरमा आर्थिक अभाव भए पनि उनलाई क्रिया खर्च रकम दिएको र आवश्यकता अनुसार अरु थप सहयोग गर्न सकिने समेत अध्यक्ष गुप्ताले बताए ।

    खेती किसानीबाट दैनिकी गुजारा गर्दै आएको रास्कोटी परिवारमा नुरमतीको मृत्युपछि सहारा दिने कोही नरहेको स्थानीय सोम बहादुर रायमाझीले बताए ।