२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कांग्रेसलाई सत्तामा जान हतारो छैन : डा. रामशरण महत

बुधवार , चैत्र ११, २०७७

अर्घाखाँची, ११ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. महतले ओली नैतिक रुपमा पतन भएको आरोप लगाए ।  नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै समाप्त हुन लागेको उनको भनाइ थियो । 

दुईतिहाई बहुमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको भन्दै डा. महतले कम्युनिष्टहरुले मुलुक हाँक्न नसक्ने जिकिर गरे । उनले ओलीकै सत्ता लिप्साका कारण नयाँ सरकार बन्न असहज भएको पनि बताए । पूर्व अर्थमन्त्री समेत रहेका महतले कांग्रेससंग सत्ताको अनुभव भएकाले कसैले भन्दैमा कांग्रेस सरकारमा जान हतारो नगर्ने पनि प्रष्ट पारे ।