
सोमवार , बैशाख २२, २०८२
बुटवल, २२ वैशाख । रोटरी क्लव अफ बुटवल चौतारीले गण्डकी प्रदेशको पोखरामा नयाँ क्लब स्थापना (चार्टड) गरेको छ । रोटरी बुटवल चौतारीले रोटरी क्लब अफ पोखरा उपत्यका स्थापना (चार्टड) गरेको हो । ३४ जना चार्टर सदस्यहरूसँगै आरसी पोखरा उपत्यका स्थापना गरिएको हो ।
क्लबको चार्टर अध्यक्षको रूपमा जनपुकार मुनंकर्मी रहेका छन् । क्लबले यसका लागि सहयोग पुर्याउने जिल्ला गभर्नर राजेन्द्र मान शेरचन, पीडीजी संजय गिरी, पीडीजी किरणलाल श्रेष्ठ, सबै जिल्ला नेताहरू र जिल्ला अधिकारीहरूलाई धन्यवाद दिएको छ ।
आरसी पोखरा उपत्यकाका क्लब सल्लाहकार र आरसी बुटवल चौतारीको चार्टर अध्यक्ष डा. विष्णु घिमिरेलाई अटल मार्गदर्शन र प्रेरणाको लागि क्लवले विशेष धन्यवाद दिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल चौतारीले पोखरामा नयाँ क्लब स्थापना गर्न पाउँदा खुसी लागेको अध्यक्ष नुमेन्द्र पौडेलले बताए । उनले अब पोखरामा पनि सामाजिक गतिविधि अगाडि बढ्ने विश्वास व्यक्त गरे । यसैबीच आरसी पोखराको चार्टड समारोह यही यही मे १८ तारिख होटल पौवामा आयोजना हुने उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij