२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

बुटवल धागो कारखाना सञ्चालन गर्न एकीकृत समाजवादीको माग

सोमवार , बैशाख २२, २०८२

  • 667
    Shares
  • 667
    Shares
  • बुटवल, २२ वैशाख । नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगरले बुटवल धागो कारखाना सञ्चालनसहित विभिन्न जनसरोकारको मागहरु राख्दै सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । उपमहानगरका अध्यक्ष चिनबहादुर गुरुङले नगरप्रमुख खेलराज पाण्डेयमार्फत प्रधानमन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई मागहरुसहितको ज्ञापनपत्र बुझाएका हुन् । 

    ज्ञापनपत्रमा ७ सय जनालाई रोजगारी दिन सक्ने बन्द बुटवल धागो कारखाना सञ्चालनको माग गरिएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घन्टौं लाइनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औं वर्षदेखि बसोबास गर्दै आएकाहरुको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहिन दलित सुकुम्बासीहरुलाई लालपूर्जा दिने व्यवस्था गर्न माग गरिएका छ ।

    यसका साथै बुटवल उपमहानगरको वस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापनपत्र बुझाएकोे हो ।
    ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खेलराज पाण्डेयले प्राप्त सुझावहरुलाई आफूहरुले कार्यान्वयन गर्न सक्ने गर्ने र बाँकी मागहरुका बारेमा सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए । 

    समाजवादीले केन्द्रीय कार्यक्रम अनुसार विभिन्न सरोकार राख्नेहरुसँग छलफल गरी मागपत्र पेश गरेको हो । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने अभियानसहित एकीकृत समाजवादीले आन्दोलनको तयारी गरेको छ । सोही कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरसहित रुपन्देहीका १६ वटै स्थानीय तहहरुमा सोमबार ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष हिराध्वज शाहले जानकारी दिए ।