२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपाल दाङको अध्यक्षमा चौधरी

बिहिवार , बैशाख २५, २०८२

भैरहवा, २५ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपाल जिल्ला कार्यसमिति दाङको जिल्ल अधिवेशन सम्पन्न भएको छ । देउखुरीमा भएको अधिवेशनले भारत लाल चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा उषा यादव, राधा चौधरी, सचिवमा सिताराम यादव, उपसचिवमा देवी प्रसाद चौधरी, साधना यादव र कोषाध्यक्षमा पुनिसरा रोका मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा केसराम यादव, बाल देव चौधरी, पञ्चराम यादव, मोहन चौधरी, नजिर अहमद, इब्राहिम सिद्वीकी, राम कुमारी यादव लगायत रहेका छन् ।

जसपा नेपाल दाङका अध्यक्ष जगत राम यादवको अध्यक्षता, पार्टीको केन्द्रीय सदस्य रीता यादवको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।