
बुधवार , चैत्र ११, २०७७
भैरहवा, ११ चैत ।
लियो जिल्ला परिषद् ३२५ बी २ नेपालको आगामी नेतृत्वको लागि एमडी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । उनले लियो वर्ष २०२१/२२ को जिल्ला परिषदको निर्वाचनमा जिल्ला परिषद उपाध्यक्षका लागी उम्मेदवारी दर्ता गराएका हुन् ।
लियो अन्तर्राष्ट्रियको विधान अनुसार जिल्ला परिषदको उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था बमोजिम आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी दिएको न्यौपानेले बताए । उनले लियो जिल्ला परिषद् अन्र्तगत एरिया चार भित्रका क्लबहरुद्धारा आफुलाई सर्वसम्मत परिषदको उपाध्यक्षमा उम्मेदवारी पठाउने निर्णय भएअनुसार एरिया चारको तर्फबाट आफुले उम्मेदवारी दर्ता गरेको उल्लेख गरे । लियो जिल्ला परिषदका निर्वतमान अध्यक्ष तथा निर्वाचन आयुक्त सरोज कंडेल समक्ष उम्मेदवारी दर्ता गर्दै उनले यस क्षेत्रबाट पुन जिल्ला परिषदको नेतृत्वको लागि आफु पूर्ण रुपमा सक्षम र तयार रहेको भन्दै निर्वाचनमा आफूलाई पूर्ण मत प्रदान गरी विजयी बनाउन आग्रह गरे ।
लियो जिल्ला परिषदका पूर्व अध्यक्ष सार्दुल मयुर कसौधन, निर्वतमान कोषाध्यक्ष सुदिप बेलबासे, जिला परिषदका निर्देशक विनय कुमार मिश्रा लगायतको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन ।
सो अवसरमा बोल्दै जिल्ला परिषद्का पुर्व अध्यक्ष सार्दुल मयुर कसौधनले न्यौपानेलाई सबै क्षेत्रका लियोहरुले पूर्ण मत प्रदान गरी विजयी बनाउन अनुरोध गरे । एरिया चार अन्र्तगत ४२ वटा क्लबहरुको तर्फबाट साझा उम्मेदवार बनेका न्यौपाने लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउनका निर्वतमान अध्यक्ष समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij