२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपा सिद्धार्थनगरको अध्यक्षमा कृष्ण अर्याल

शनिवार , बैशाख २७, २०८२

भैरहवा, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न नगर अधिवेशनले कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा २० सदस्यीय  कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

यसअघि अर्यालले राप्रपा सिद्धार्थनगरको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । अधिवेशनले २० सदस्यीय कार्यसमिति निर्वाचित गरेको र बाँकी ५ जनालाई मनोनित गरी २५ सदस्यीय बनाइने राप्रपा रुपन्देहीका प्रवक्ता तथा निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकले बताए । 

Krishna Aryal.jpeg

निर्वाचित सदस्यहरुमध्ये एक महिलासहित ३ जना उपाध्यक्ष, एकजना सचिव, एकजना कोषाध्यक्ष र २ जना सह–सचिव मनोनित गरिने उनले जानकारी दिए । अधिवेशनको राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए ।