२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपा सिद्धार्थनगर–१ को भेला तथा अधिवेशन

बुधवार , चैत्र ११, २०७७


भैरहवा, ११ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को भेला तथा अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले कुम बहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा गंगा पछाई, छोटलाल कोहार, सचिवमा प्रदीप ध्वज राणा र कोषाध्यक्षमा सलिम मोहम्मद रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अली हुसेन तेली (प्यारे), कृष्ण राना, राजकुमार मुराउ, निसार तेली, घनश्याम हरिजन, हजामान मुराउ, गम बहादुर गुरुङ, मिलन बहादुर थापा, सुग्रव हरिजन, रामचन्द्र हरिजन, अजमय अलि पठान, मक्बुल पठान, बासुदेव भर, मोहम्मद इसुफ खान, वेचन कहार, श्याम बहादुर खड्का, मोति चन्द कोहार, मति प्रसाद श्रेष्ठ र सौकत अलि खान रहेका छन् ।

राप्रपा रुपन्देहीका उपाध्यक्ष एवं अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता तथा वरिष्ठ जिल्ला उपाध्यक्ष चन्द्रशेखर पाण्डेयको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपा रुपन्देहीका सचिव सुग्रिम त्रिपाठी, जिल्ला सचिवालय सदस्य चन्द्रभक्त श्रेष्ठ, बलराम शर्मा, विश्व प्रकाश श्रेष्ठ, शंकर खत्री, कृष्ण गुरुङ, धर्म के.सी. लगायतको उपस्थिति रहेको थियो । यस अघि राप्रपाले सिद्धार्थनगरका विभिन्न वडाका भेला तथा अधिवेशन सम्पन्न गरिसकेको छ ।