
सोमवार , बैशाख २९, २०८२
बुटवल, २९ वैशाख । रोट्रयाक्ट जिल्ला ३२९२ ले रोटा वर्ष २०२५–२६ को औपचारिक सुरुवात मे ९ र १० मा वीरगंजमा आयोजना गरिएको पहिलो जिल्ला टोली प्रशिक्षण गोष्ठी (डिष्ट्रिक्ट टीम ट्रेनिङ सेमिनारबाट) गरेको छ । रोट्रयाक्ट क्लब अफ वीरगंजको आतिथ्यतामा भएको गोष्ठीले नव–नियुक्त जिल्ला नेतृत्व टोलीलाई रणनीतिक योजना, टोली निर्माण तथा नेतृत्व विकासका लागि दुईदिने सत्रमा एकत्रित गरेको थियो ।
डिष्टिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डी.आर.आर.) दिनेश गैरेको अध्यक्षता, रोटरी गभर्नर (डीजी) बिनोद कोइरालाको प्रमुख आतिथ्यता तथा डीआरसीसी किशोर त्रिपाठीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा तथा रोटेरियन अमित गिरी, पूर्व डि. आर. आर.रोशन कार्की, डि.आर.आर.इलेक्ट प्रकाश शर्मा (गैरे), रोटरी क्लब अफ वीरगंजका अध्यक्ष लगायतको उपस्थिति थियो।
कार्यक्रममा डि.आर.आर. दिनेश गैरेले आउँदो रोट्रयाक्ट वर्षप्रति उत्साह व्यक्त गर्दै जिल्ला टोलीको रणनीतिक दृष्टिकोण, बजेटको खाका तथा नवीन परियोजनाहरूको योजना प्रस्तुत गरे । रोटेरियन बिनोद कोइरालाले नवनिर्वाचित जिल्ला टोलीलाई शुभकामना दिदै उनीहरूको प्रतिबद्धताको प्रशंसा गरे । उनले रोट्रयाक्ट तथा रोटरीबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले यस्ता समन्वयले प्रभावकारी परिणामहरू ल्याउन सक्ने धारणा राखे ।
दुईदिने गोष्ठीमा नेतृत्व विकासका अन्तरक्रियात्मक सत्रहरू, टोलीगत गतिविधिहरू, आइसब्रेकर कार्यक्रम तथा पूल पार्टी पनि समावेश गरिएको थियो । कार्यक्रमको समापन गर्दै डीआरआर रोट्रयाक्टर दिनेश गैरेले जिल्ला नेतृत्वलाई उद्देश्य, एकता र नवीनताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij