२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुद्ध जयन्तीको अवसरमा निःशुल्क पानी तथा मिठाई वितरण

सोमवार , बैशाख २९, २०८२

भैरहवा, २९ वैशाख । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा अमिताभ बुद्ध बौद्ध विहार मायादेवी गाउँपालिका–८ मतकोलवा, रुपन्देहीले निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम गरेको छ । 

बुद्ध पूर्णिमाको अवसर पारेर सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा पानी तथा मिठाई वितरण गरिएको विहारका अध्यक्ष अनिल कुमार के.सी.ले बताए । उनले करिब ३ हजार २ सय जनालाई पानी र मिठाई वितरण गरिएको जानकारी दिए । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य समेत रहेका के.सी.ले गत वर्ष पनि लुम्बिनीमा पनि यो कार्यक्रम गरिएको र यस वर्ष पनि निरन्तरता दिइएको बताए । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

water (10).jpeg