२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खसीबोकाको भन्दै झुक्याएर बाख्रीको मासु विक्री गर्ने पक्राउ

बिहिवार , जेठ २, २०८२

भैरहवा, १ जेठ । खसीबोकाको भन्दै झुक्याएर बाख्रीको मासु विक्रीवितरण गरेको आरोपमा प्रहरीले बुटवलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ जितगढीका ३४ वर्षिय मेराज शाह रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार बिहान साढे ५ बजे शाहको घरकोठा खानतलासी गर्ने क्रममा बाख्री काटेर भुत्लाउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

‘विभिन्न स्थानहरुबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर मासु पसलबाट खसीबोकाको मासु भनी झुक्याएर विक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा घरकोठा खानतलासी गर्दा प्रहरीले टाउकोसहित २९ के.जी. र तीनवटा बोरामा रहेको काटेको मासु ४१ केजी र काटेर फालेको बाख्रीको विभिन्न भागको अंगहरुको मासुको टुक्रा दुई थान फेला पारेको थियो, ’डीएसपी कार्कीले भने । 

फेला परेको मासु बरामद गरेर मेराज शाहलाई पक्राउ गरी कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिनको म्याद थप भइ ईलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।