२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मदन आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

शुक्रवार , जेठ ३, २०८२

बुटवल, २ जेठ । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र कुशल संगठक जिवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा रुपन्देहीको बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मदन आश्रित स्मृति अक्षयकोष रुपन्देहीले उक्त कार्यक्रम आयोजना गरेको हो । मदन आश्रितको स्मृतिमा हरेक वर्ष कोषले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र यो वर्षपनि रक्तदान कार्यक्रम सम्पन्न गरिएको कोषका सचिव बालकृष्ण पाण्डेले बताए । 

नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बिहीबार बिहान ८ बजेदेखि पुष्पलाल स्मृति भवन सुख्खानगरमा सुरु भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य गोमादेवी आचार्यले मदन भण्डारीले प्रतिवादन गर्नुभएको जनताको बहुदलीय जनवाद अनुसार नै मुलुक अगाडि बढिरहेको बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी आचार्यले मदन र जिवराजले पाटीमा अमुल्य योगदान गर्नुभएको र उहाँले प्रतिपादन गरेको विचारलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएर अगाडि बढेको बताइन् ।  

कार्यक्रम मदन आश्रित स्मृति अक्षयकोषका अध्यक्ष भरतराम भट्टराईको अध्यक्षता तथा सचिव बालकष्ण पाण्डेले सञ्चालनमा सम्पन्न भएको थियो । 

मदन आश्रित स्मृति अक्षय कोषले स्मृति दिवसको अवसरमा जेठ २ गते शुक्रवार मानवसेवा आश्रममा आश्रितहरुलाई भोजन प्रदान गर्ने तथा ३ गते शनिवार साधारणसभासँगै गरीब तथा जेहन्दार २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान र स्मृतिमा मदन आश्रित विषयक कार्यपत्र प्रस्तुत गर्ने तयारी गरिएको सचिव पाण्डेले जानकारी दिए ।