२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

मदन आश्रितको स्मृति दिवसमा मानवसेवा आश्रममा खाना

आइतवार , जेठ ५, २०८२

  • 925
    Shares
  • 925
    Shares
  • बुटवल, ४ जेठ । नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा मदन आश्रित स्मृति अक्षयकोषले अनाथहरुलाई खाना खुवाएको छ । 
    अक्षयकोषले रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा रहेको मानवसेवा आश्रममा रहेका ५० जनालाई शुक्रबार बेलुकाको खाना खुवाएको हो । 

    कार्यक्रममा बोल्दै कोषका अध्यक्ष भरतराम भट्टराईले गरीब अनाथहरुको लागि एकदिन खाना खुवाएर मदन आश्रितप्रति सम्मान गर्न यो कार्यक्रम गरिएको बताए । कार्यक्रममा कोषका निर्देशक ऋषिराम पाण्डे, एमाले रुपन्देही जिल्ला उपसचिव बाबुराम पन्थी, जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय सचिव मेघराज भट्टराई कोषका उपाध्यक्ष थानकुमारी थापा, सचिव बालकृष्ण पाण्डे, सदस्य दुर्गा आचार्य गौतम सहभागी भएका थिए ।

    WhatsApp Image 2025-05-17 at 6.53.29 AM.jpeg

    मदन आश्रित स्मृति दिवसको अवसरमा कोषले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र यो कार्यक्रम पनि त्यसै अन्तर्गत रहेको कोषका सचिव बालकृष्ण पाण्डेले बताए । कोषको आयोजनामा जेठ १ गते रक्तदान कार्यक्रम, २ गते अतिथि अनाथहरुलाई खाना खुवाउने कार्यक्रम र ३ गते विचार गोष्ठी तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरिएको सचिव पाण्डेले जानकारी दिए ।