२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवामा दोस्रो फ्युचर लाइट भलिबल प्रतियोगिता हुने

बिहिवार , चैत्र १२, २०७७

भैरहवा, १२ चैत । 
भैरहवामा दोस्रो खुल्ला फ्यूचर लाइट भलिबल कप–२०७७ हुने भएको छ । फ्यूचरलाइट भलिबल क्लबको आयोजनामा शुक्रबारबाट मायादेवी–८ मा रहेको फ्यूचर लाइट बोर्डिङ स्कूलको मैदानमा प्रतियोगिता हुने क्लबका अध्यक्ष अस्मित लाम्गादेले जानकारी दिए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा जुनियरतर्फका रुपन्देहीका १४ भलिबल टिमको सहभागिता रहने आयोजकले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रतियोगितामा विभिन्न विद्यालय र क्लबहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुनेले १५ हजार र ट्रफी तथा तृतिय हुनेले १० हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, बेष्ट खेलाडीलाई एक हजार ५ सय रुपैयाँ प्रदान गरिने छ ।

अघिल्लो वर्षबाट सुरु भएको प्रतियोगिताले यस क्षेत्रमा नयाँ–नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने अध्यक्ष लाम्गादेले जानकारी दिए । प्रतियोगिताका लागि सबै तयारी पुगेको आयोजकले जनाएका छन् । जिल्लामै भैरहवा क्षेत्रबाट भलिबल खेलको सुरुवात भए पनि यहाँ राष्ट्रिस्तरका खेलाडी अझै उत्पादन हुन सकेका छैनन् ।

यसलाई मध्यनजर गरी आफूहरुले अघिल्लो वर्षबाट प्रतियोगिता सुरु गरेको क्लबका संरक्षक गम्भिर गुरुङले जनाए । उनले भलिबलप्रति धेरै माया र सद्भाव तथा खेल खेल्ने इच्छा हुँदाहुँदै पनि प्लेटफर्म नपाउँदा कयौ बञ्चित भएको बताउँदै यसलाई मध्यनजर गरी प्रतियोगिता आयोजना गरिएको बताए । ‘यस्ता खेलकुदले खेलाडी उत्पादनमा सहयोग पुग्छ’, उनले भने । प्रतियोगिता अघिल्लो वर्ष साई ग्लोबल कलेजले जितेको थियो ।