
आइतवार , जेठ ५, २०८२
भैरहवा, ४ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ निवासी समाजसेवी लालमोहन मुसलमान पठानलाई नेपाली काँग्रेसमा स्वागत गरिएको छ । काँग्रेस महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको कारवाहीबाट प्रभावित हुँदै काँग्रेसमा प्रवेश गरेका पठानलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।
पठान विगतमा वडाअध्यक्षको उम्मेदवार एवं अन्य पार्टीमा रहदा जिल्लास्तरीय संगठनमा रहेर काम गरेका पुराना नेता एवं समाजसेवी हुन् । उनलाई मेयर एवं संविधान सभा सदस्य खाँ, काँग्रेस सिद्धार्थनगर सभापति कोशिश बहादुर खड्का, महाधिवेशन प्रतिनिधि दीपेन्द्र बुढाप्रीतिले स्वागत गर्दै उनको क्षमता अनुसारको जिम्मेवारी पार्टीले दिने जानकारी दिए ।
पठानले काँग्रेसको नीतिनियम, मूल्यमान्यता तथा नगरप्रमुखले नगरको विकासमा निस्वार्थ एवं लगनशील रुपमा लागेको देखेर आफू प्रभावित भइ काँग्रेसमा आएको बताए । उनले नगरप्रमुख खाँले सबै समुदाय, जातजाति, धर्म, संस्कृतिलाई समान महत्व दिदै नगरको विकासमा लागिरहेको भन्दै उनले उनको निस्वार्थ र निश्पक्षतालाइ सबैले अनुकरण गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij