
मंगलवार , जेठ ७, २०८२
रूपन्देही, ६ जेठ । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट यही जेठ १ गते पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि चौधरी फरार रहेका थिए ।
चौधरी मंगलबार प्रहरी कार्यालयमा आफै हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।
बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij