
बुधवार , जेठ ८, २०८२
भैरहवा, ७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बीउ वितरण गर्नुभएको हो ।
उन्नत विउको प्रयोग गरी उत्पादन बढाउने उद्देश्यले धानको बीउ वितरण गरिएको मेयर खाँले जानकारी दिनुभयो । कृषकहरुको मागको आधारमा बीउ वितरण हुँदै आएको छ । नगरपालिकाले सिजन अनुसार धान, गहुँ तरकारी लगायतका बीउ र कृषि उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij