
शनिवार , जेठ ११, २०८२
विराटनगर, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबीनका लागि मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबीनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिदा उहाँकै नैतिकता सघाउ पुग्ने बताउनुभयो ।
त्यस्तै नेता कोइरालाले २०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरुलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij