२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा ३१ जना महिला उद्यमी सम्मानित

आइतवार , जेठ १२, २०८२

भैरहवा, ११ जेठ । महालक्ष्मी विकास बैंक ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ ४ देखि जेठ १० सम्म विभिन्न कार्यक्रम गरेको छ । बैंकको आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा महिला उद्यमीहलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरुमार्फत विभिन्न कार्यक्रम गरी सम्मान गरेको हो ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको बैंकले जनाएको छ । ‘यस कार्यबाट उद्यमशीलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ, ’बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देशभरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । 

बैंकका अनुसार स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो । 

त्यसै गरी बैंकले जेठ ७ गते केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भइ सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरिएको छ । 

त्यस्तै बैंकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागीतामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । प्रभातफेरीमा बैंकिङ्ग सेवाहरु मोबाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषणलगायतसँग सम्बन्धित प्लेकार्डहरुको प्रदर्शन गरिएको थियो । 

Image Literacy Rally.jpeg

‘वार्षिक उत्सवको महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ वर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रंखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२५, श्रृंखला ४) २४ टीमको सहभागीतामा बैैंकले यही जेठ २१, २२, २३  र २४ गते सञ्चालन गर्नेछ, ’विज्ञप्तीमा उल्लेख छ ।