२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

लायन्स डिष्ट्रिक्ट ३२५ पी को डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम सम्पन्न

सोमवार , जेठ १३, २०८२

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, १२ जेठ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल अन्तर्गत लायन वर्ष २०२५/०२६ का लागि आयोजित डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । लायन्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता, पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा खगेन्द्र सिटौला, राजन लम्साल लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

    तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा की नोट स्पिकरको रूपमा अध्यात्म मास्टर तथा हिप्नोसिस प्रशिक्षक राजकुमार प्याकुरेल तथा गेस्ट स्पिकरका रूपमा पूर्व राजदूत, समाजशास्त्री तथा सामाजिक अभियन्ता महेश दाहालले ज्ञानमूलक सत्रहरू प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, पूर्व गभर्नरहरू अरुण प्रताप राणा, अर्जुन मान सैंजु, सुनिल वझा, अनुप कुमार पहारी, महेन्द्र नारायण श्रेष्ठ, नवराज न्यौपाने, प्रथम भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, द्वितीय भाइस गभर्नर मिना पन्थी लगायतले भनाइ राख्नुभएको थियो । नेतृत्व विकास, संगठनात्मक एकता र सेवा भावनाको सुदृढीकरणमा यस्तो तालिमले ठूलो योगदान पुर्याउने उहाँहरुको धारणा थियो ।

    कार्यक्रमको सञ्चालन वर्ष २०२५/०२६ का डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी एम.एल. पाण्डेले गर्नुभएको थियो । डिष्ट्रिक्ट गभर्नर लायन बालाराम भट्टराईले वर्ष २०२५/२६ का लागि तय गरिएको कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पिन, डिष्ट्रिक्ट पिन तथा सहभागीताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

    कार्यक्रमको अन्तिम दिन मनोरञ्जनात्मक “लायन्स गाला नाइट“ को आयोजना गरिएको थियो, जसले सहभागीहरूबीच आत्मीयता र सम्बन्ध विस्तार गर्न थप ऊर्जा प्रदान गरेको थियो । करिब १७० जना क्याबिनेट अफिसर्सको सहभागीता रहेको उक्त  तालिम कार्यक्रममा नेतृत्व विकास, सेवा प्रभावकारिता तथा सहकार्य अभिवृद्धिका विविध सत्रहरू समावेश गरिएको थियो ।

    WhatsApp Image 2025-05-25 at 5.57.35 PM (1).jpeg

    कार्यक्रममा सहभागीहरुले प्रशिक्षण कार्यक्रम अत्यन्तै सफल, सशक्त र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए । लायन वर्ष २०२५/२६ को ‘खुसी मन–सहयोगी हातहरू’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन् ।