२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कैलाली भन्सार प्रमुखमाथि कुटपिट भएको विरोधमा भन्सारका कर्मचारी आन्दोलित

सोमवार , जेठ १३, २०८२

भैरहवा, १२ जेठ । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको विरोधमा भन्सार कर्मचारीहरु आन्दोलित भएका छन् । कुटपिट गर्ने समूहलाई कारवाहीको माग गर्दै कर्मचारीहरुले सोमबार (आज) काम ठप्प पारेका छन् ।

भन्सार एजेण्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेनडाउन गरेको भन्सार एजेण्ट महासंघ नेपालका अध्यक्ष प्राचिन कुमार थैवले बताउनुभयो । कालोपट्टी बाँधेर काम गर्ने, भन्सार जाँचपास नगर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने माग गर्नुभयो । उहाँले कुटपिटमा संलग्न दोषीलाई कडा कारवाहीको माग पहिलो चरणको विरो स्वरुप काम ठप्प पारिएको बताउनुभयो । 

नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले सोमबार तीन घण्टा भैरहवा भन्सार कार्यालयको काम ठप्प भएको बताउनुभयो ।

कैलाली भन्सार कार्यालय प्रमुख तिम्सिनामाथि कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रहरीले शनिबार राति कुटपिट गरेको सीसीटीभी फुटेज बाहिरिएको थियो । प्रमुख तिम्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरका चार जना नगरप्रहरीलाई जिल्ला प्रहरी कार्यालयले कैलालीले पक्राउ गरेको छ ।