
सोमवार , जेठ १३, २०८२
भैरहवा, १२ जेठ । डा. सि.के. राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ताको नेतृत्वमा जिल्ला उपसमिति विस्तार गरिएको हो । जसअन्तर्गत जिल्ला इञ्चार्जको जिम्मेवारी गुप्तालाई दिइएको छ ।
त्यस्तै जिल्ला सचिवालय समिति सदस्यमा रबिन्द्र धवल, सचिवालय सदस्यमा विरेन्द्र लोध, कोष व्यवस्थापन समिति सदस्यमा सुवास यादव, व्यवस्थापन समिति सदस्यमा राम सुमेर ठाकुर, उपव्यवस्थापन समिति सदस्यमा अकेली थरुनी र सूचना समिति अधिकारी (प्रवक्ता) मा रुपचन्द यादव रहेका छन् ।
जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले तोकेको नयाँ जिम्मेवारी
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij