२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशीको निधन 

शुक्रवार , चैत्र १३, २०७७

काठमाडौं, १३ चैत । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशिको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । जोशीको अस्पतालको अति सघन कक्षमा उपचाररत थिए । 

वि.सं २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी बाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित भएका थिए । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा आएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएका जोशी प्रचण्ड नेतृत्वको माओवादी कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए । 
उनलाई सफल उद्योग मन्त्री र निष्ठावान राजनीतिज्ञको रुपमा समेत लिने गरिएको छ । स्वर्गीय जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत थिए ।