२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही

बुधवार , जेठ १५, २०८२

काठमाडौं, १४ जेठ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते बिहीबार आफूहरुले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभएको छ । बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभएको हो ।

उहाँले संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाउनुभयो । शान्तिबाटिकामा आफूहरुको कार्यक्रम शान्तिपूर्ण हुने उहाँले बताउनुभयो । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गर्नुभयो । 

उहाँले आफूहरुको पीएसओ हटाएको विषयमा सरकारसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।