
शुक्रवार , चैत्र १३, २०७७
बुटवल, १३ चैत ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकार प्रतिगमनकारी भएकोले प्रतिगमन विरोधी दलहरुको सहकार्यमा नयाँ सरकार बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।
बुटवलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले प्रम ओलीले संसद विघटन गर्ने आफ्नो कदम ठिक थियो भन्ने देखाउन संसदलाई असफल बनाउने खेलमा क्रियाशिल रहेको आरोप लगाए ।
प्रम ओलीले संघीयता सिध्याउने र प्रदेशलाई कमजोर एवं अधिकारबिहीन बनाउने खेल समेत खेलिरहेको उल्लेख गर्दै अध्यक्ष यादवले जसपाका माग पुरा भए पनि ओलीलाई समर्थन गर्न नसकिने जिकिर गरेका थिए ।
ओलीलाई प्रमबाट नहटाएसम्म प्रतिगमनको खतरा रहिरहने टिप्पणी गर्दै अध्यक्ष पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भने–‘अरु सबैसंग मिलेर जान सकिन्छ तर ओलीसंग मिल्नु असम्भव जस्तै हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने ओलीको मनसायलाई साथ दिन सकिदैन । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij