२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

७ औं तिलोत्तमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

शनिवार , जेठ १८, २०८२

भैरहवा, १७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७ औं तिलोत्तमा मेयर कप खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । मधवलिया ब्याडमिन्टन क्लबको व्यवस्थापनमा खुल्ला तथा ४५ वर्ष उमेर माथिका भेट्रान खेलाडीहरुलाई लक्षित गरेर ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । 

यही जेठ ३१ गते हुने प्रतियोगितामा ४० देखि ४५ वटा टीमलाई सहभागी गराइने तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले जानकारी दिनुभयो । पालिकाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताले खेलाडीको विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको संयोजक पुनले जानकारी दिनुभयो ।

WhatsApp Image 2025-05-31 at 9.38.55 AM.jpeg
ब्याडमिन्टन खेल्दै युवाहरु

तिलोत्तमा नगरपालिका– १६ विहुलीमा रहेको मधवलिया ब्याडमिन्टन क्लबको कबर्ड हलमा प्रतियोगिता आयोजना गरिएको र आवश्यक तयारीमा जुटेको क्लबका अध्यक्ष केशव चौधरीले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाउने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

डबल पुरुषतर्फ प्रथम हुनेले ५५ हजार, दोसो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने क्लबका कोषाध्यक्ष अर्जुन सेनले जानकारी दिनुभयो । उहाँले डबल पुरुष भेट्रानतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिनुभयो ।

प्रतियोगिता ब्याडमिन्टनको विश्वव्यापी मान्यता अनुरुप खेलाइने क्लबले जनाएको छ ।