२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट’ को फाइनल आज

शनिवार , जेठ १८, २०८२

भैरहवा, १७ जेठ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिको आयोजनामा तिलोत्तमा नगरपालिका–१७ स्थित एक्सट्राटेक ओभल इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी प्रतियोगिताको फाइनल खेल  शनिबार (आज) हुँदैछ । 

बिहिबारदेखि जारी प्रतियोगितामा बैंक, बीमा, सञ्चार, पर्यटन र अन्य क्षेत्रमा क्रियाशील ३३ कर्पोरेट संस्थाहरूको सहभागीता रहेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष तथा टुर्नामेन्ट संयोजक दीपक गौतमले जानकारी दिनुभयो । ‘सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट–२०८२’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र टोलीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता समापनमा नेपाल राष्ट्र बैकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल प्रमुख अतिथीका रुपमा रहनुभएको कार्यक्रम संयोजक गौतमले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रमेश आचार्य, रुपन्देही क्रिकेट संघका पदाधिकारीहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहभागी रहनुहुने गौतमले बताउनुभयो । प्रतियोगितामा विजेता टोलीलाई नगद ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसै गरी उपविजेतालाई ३३ हजार ३ सय ३३ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र प्रतियोगिताको अनुशासित टोलीले जनही ६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । टुर्नामेन्टको मूख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक, सह–प्रायोजक शाईन रेसुंगा डेभलपमेन्ट बैंक र मिडिया पार्टनरको रुपमा राज्य टेलिभिजन रहेको छ । टुर्नामेन्ट सुपर सिक्स लिग र नकआउट फम्र्याटमा खेलाइएको छ । जसमा खेलहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) को मापदण्ड अनुसार सञ्चालन भइरहेको छ ।