२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

गोनहिया टोल सुुधार समितिको दोसो साधारण सभा सम्पन्न

शनिवार , जेठ १८, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • भैरहवा, १७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोनहिया टोल सुुधार समितिको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गोनहियास्थित श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयलमा सम्पन्न साधारण सभामा बोल्ने वक्ताहरुले टोल सुधार समितिहरुले स्थानीय तह र समुदायकाबीच पुलको काम गरेको बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले स्थानीय तहबाट प्रवाह हुने सेवासुविधाहरुलाई टोल सुधार समितिहरुमार्फत प्रभावकारी ढंगले प्रदान गर्न सकिएको बताउनुभयो । उहाँले नगरको कार्यक्रमहरुमा टोल सुधार समितिले प्राथमिकता पाउने गरी काम गरिरहेको बताउनुभयो ।

    गोनहिया टोल सुधार समितिका अध्यक्ष बुद्धि सागर तेलीले टोल सुधार गठन भए पछि गोनहियाको सरसफाई लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले वडा र नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा तथा सूचनाहरुलाइ घरघरसम्म पुर्याउन सहज भएको बताउनुभयो । टोल सुधार समितिहरुमा आर्थिक अभाव रहेको हुँदा भनेअनुसारको काम गर्न नपाए पनि बिभिन्न समस्याहरुबारे सहजीकरणको पहलको प्रयास गरिरहेको उहाँले बताउनुभयो । 

    समितिका सचिव राधेश्याम विश्वकर्माको सञ्चालन तथा तारा पुन गाहाको स्वागतमा सम्पन्न कार्यक्रममा गोनहिया टोल सुरक्षा समितिका अध्यक्ष राजेश धवल, तिनकुने टोल सुधार समितिका अध्यक्ष तुलसी पराजुली, कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्रो कहार, गोलिगढ टोल सुधार समितिका कार्यबाहक अध्यक्ष अनवर खाँ, श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मी, वडा सदस्यहरु बसुन्धरा शर्मा, बसन्त भट्टराई, युवराज बराल, वडा सचिव अब्दुल रसिद पठान लगायतले बोल्नुभएको थियो । 

    साधारण सभामा समितिका कोषाध्यक्ष मोती बहादुर थापा मगरले आय–व्यय विवरण पेश गर्नुभएको थियो ।