२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काठमाडौंमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

आइतवार , जेठ १९, २०८२

 बुटवल, १८ जेठ । काठमाडौंमा हुने १४ वर्षमुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । रुपन्देहीको बुटवलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट विभिन्न विधाका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छानिएका हुन् । 

लुम्बिनी प्रदेशभरीका ४ सय ५० विभिन्न विधाका विद्यार्थी खेलाडीहरुले गरेको प्रतिष्पर्धाका आधारमा विद्यार्थी खेलाडी छनोट भएका हुन् । यही जेठ २२ देखि २६ गतेसम्म काठमाडौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धाका लागि सहभागी हुन जाने ७८ खेलाडीहरुको दुई दिनको विभिन्न खेलकुद विधाबाट छनौट भएको नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो ।
 
प्रतियोगितामा १४ वर्षमुनीका ४५० जना विद्यार्थीहरुले ब्याटमिन्टन, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, रग्बी र क्रिकेट प्रतियोगिता भएका हुन्  । ती प्रतियोगिताबाट छनौट भएका ७८ खेलाडी काठमाडौंमा हुने यु–१४ विद्यालय खेलकुद प्रातियोगितामा प्रतिष्पर्धा गर्न जानेछन् । 

प्रतियोगिता अन्तरगत क्रिकेटका लागि यु–१६ खेलाडीका लागि प्रतियोगिता हुनेछ । क्रिकेटका लागि यु–१६ का खेलाडीहरुलाई छनोट गरिएको र सोही अनुसार प्रतिष्पर्धा पनि हुने अध्यक्ष पौडेलले बताउनुभयो ।

नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीका उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पबाट ११ खेलाडी छनोट भएका छन् । त्यस्तै छात्र डबल, छात्रा सिंगल टेबलटेनिसबाट ७ जना, छात्रछात्रा बास्केटबलबाट ९ जना, रग्वी छात्रछात्राबाट २६ जना, ब्याटमिन्टन छात्रछात्रा सिंगल डबलबाट ७ जना, क्रिकेट छात्रबाट १६ जना र टोली नेता र उपनेता एक/एक जना गरी ७८ जना छनौटमा परेका हुन् । 

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै जेठ २२ देखि २६ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १४ वर्षमुनीको यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका विभिन्न विधामा उनीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीको संयोजनमा बुटवलमा सम्पन्न छनौट प्रतियोगितामा प्याब्सन नेपाल, एन–प्याब्सन र नेपाल शिक्षक महासंघले सहकार्य गरेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिनुभयो ।