शनिवार , चैत्र १४, २०७७
भैरहवा।नेपाली कांग्रेस रुपन्देहिले केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
शनिबार सभापती अब्दुल रज्जाकले शोक बिग्यप्ती जारी गर्दै चैत १५ देखि १७ सम्म पार्टीको जिल्ला कार्यालय रुपन्देहिमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको जनाएका छन्।
त्यस्तै तीन दिन शोकका कार्यक्रमहरु बाहेक पार्टीका सबै औपचारिक कार्यक्रमहरु स्थगित गर्ने र चैत १७ जिल्ला कार्यालय बन्द गर्ने पनि उनले बताए।
उनकाअनुसार कांग्रेसले जोशीको स्वर्गारोहणको १३ औं दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राखिने छ। यस्तै जोशीको स्वर्गारोहणको १३ औँ दिनमा शोक सभाको आयोजना गरिने सभापती रज्जाकले जानकरी दिए।
कांग्रेस रुपन्देहीले केन्द्रीय सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको कांग्रेसले जनाएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
