२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु

बुधवार , श्रावण २८, २०७७

बुटवल, २८ साउन ।

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर २ तौलिहवाका ४२ वर्षिय कृष्ण कुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षिय प्रदीप तेलीको गए राति मृत्यु भएको हो ।

गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमणको पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

 दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले बताए ।

२५ वर्षिय तेली भारतको मुम्बईबाट केही दिन अघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने डा. थापाले बताए ।