
बुधवार , जेठ २२, २०८२
काठमाडौं, २१ जेठ । लोकतान्त्रिक समाजवादीका पार्टी नेपाल (लोसपा) का केन्द्रीय महासचिव मनिष कुमार मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी तोकिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले मिश्रलाई प्रवक्ता पदमा मनोनित गर्नुभएको हो ।
पार्टीको संशोधित विधान अनुसार थप जिम्मेवारीका साथ मिश्रलाई उक्त पदमा मनोनयन गरिएको अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । अध्यक्ष ठाकुरले मिश्रको कार्यकाल देश, मधेश तथा पार्टीको हितमा उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij