२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी सरकारले प्रदेशमा ४ दिन सार्वजनिक बिदा दिने 

शनिवार , चैत्र १४, २०७७

  • 8.8K
    Shares
  • 8.8K
    Shares
  • बुटवल, १४ चैत्र।

    लुम्बिनी प्रदेश सरकारले आगामी बर्ष २०७८ सालमा ४ दिन प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभर र समुदाय लक्षित बिदा दिने निर्णय गरेको हो। 

    प्रदेश सरकारले बकर ईद, माघी, श्रीकृष्ण जन्माष्ठमी र प्रदेश स्थापना दिवश गरि चार दिन प्रदेशभर सार्वजनिक बिदाको व्यवस्था गरेको छ भने दुईदिन स्थानिय बिदा दिने निर्णय गरेको छ। थारु जातीको पर्व बडका अतवारीका अवसरमा दाङ, बाँके र वर्दियामा र मगर जातीको भुमे पुजाका दिन रोल्पा र रुकुममा स्थानिय बिदा दिने निर्णय गरेको छ। 

    स्थानिय बिदा अनुसार भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा गरिने छ भने मुस्लिम समुदायको रमजान पर्वको अवसरमा मुश्लिम समुदायको लागि सार्वजनिक विदा दिइएको प्रदेश सरकारले जनाएको छ। 

    प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीका अनुसार संघिय सरकारले निर्धारण गरेका बिदाका अतिरिक्त प्रदेश सरकारले थप सार्वजनिक बिदा दिने निर्णय गरेको हो।