२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१५०० विरुवा रोपेर लुम्बिनी विश्व शान्ति मञ्चले मनायो वातावरण दिवस

शुक्रवार , जेठ २४, २०८२

भैरहवा, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा लुम्बिनी विश्व शान्ति मञ्चले कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ३ स्थित बल्चौरमा वृक्षरोपण गरेको छ । दिवसको अवसरमा बिहीबार १ हजार ५ सय वटा विरुवा रोपिएको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो । 

वृक्षरोपण कार्यक्रमका लागि ग्लोबल आईएमई बैंक लिमिटेडले १ हजार र मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक, लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान बेल्जियम र कम्युनिटी लिडरसीप फाउण्डेशन नेपालले ५ सय वटा विरुवा प्रदान गरेको गौतमले जानकारी दिनुभयो ।

WhatsApp Image 2025-06-05 at 12.39.14 PM.jpeg

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी लगायतको उपस्थिति थियो ।