२०८२, पौष २४ गते

Jan 08 2026 | २०८२, पौष २४ गते

वर्तमान सरकारको गतिका बारेमा गम्भीर समिक्षा जरुरी छ : महामन्त्री गगन

शुक्रवार , जेठ २४, २०८२

  • 877
    Shares
  • 877
    Shares
  • बिराटनगर ,२३ जेठ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिका बारेमा गम्भीर समिक्षा जरुरी रहेको बताउनुभएको छ । 

    शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाडै नै केन्द्रिय कार्यसमितिको बैठकले ठोस निर्णय गर्ने समेत बताउनुभयो ।

    त्यस्तै उहाले पतञ्जली जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गर्नुभयो । संवैधानिक निकायले कानुन अनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने उहाले बताउनुभयो ।

    त्यस्तै थापाले वर्तमान सरकार गठनका समयमा भएको सहमति अनुसार संविधन संशोधनसम्बन्धी समिति बनाउन ढिलाई भएको उल्लेख गर्नुभयो । चाडै नै समिति बनाएर संविधान संसोधनको एजेण्डाबारे टुङ्गो लगाई प्रक्रियामा लैजाने उहाको भनाइ छ । 

    पार्टीको महाधिवेशन बारे सोधिएको प्रश्नमा महामन्त्री थापाले ०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी पार्र्टी सदस्यता लगायतका विषयहरुमा काम गरिरहेको बताउनुभयो ।