
शनिवार , जेठ २५, २०८२
भैरहवा । लुम्बिनी गु्रप अफ ईण्ड्रिटिजले निर्जला एकादशीको अबसरमा सर्वत पानी बितरण गरेको छ ।
तराईका जिल्लामा अत्याधिक गर्मी बढेपछि नागरिकको सेवाका लागि लुम्बिनी ग्रुप अन्तरगतको लुम्बिनी स्ट्रिप र लुम्बिनी फोमले उद्योग अगाडि सर्वत पानी बितरण गरेको उद्योगका प्रबन्धक कुलप्रसाद काफ्ले जानकारी दिनुभयो ।
प्रबन्धक काफ्लेका अनुसार बाटोमा हिड्ने बटुवादेखि रिक्सा चालक, यात्रुहरु र स्थानियलाई सर्वत पानी बितरण गरिएको छ । उहाँले ५ सय बढीलाई सर्वत पानी तथा चिसो पानी वितरण गरिएको जानकारी दिनुभयो ।
अत्याधिक गर्मीमा यात्रा गरिरहेका नागरिकले सर्वत पानी र चिसो पानी पिउन पाएपछि खुसि महशुष गरेको थिए । उहाँले उद्योगले यस्तै खालका अन्य सामाजिक कार्य पनि गर्दै आएको जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij