२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

परामर्श गोष्ठी सम्पन्न

शनिवार , जेठ २५, २०८२

भैरहवा, २४ जेठ । तातो हावाको लहर लू को जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित पूर्वकार्यलाई संस्थागत गर्न क्षमता, चुनौती र अवसरहरुको लेखाजोखा गरी सरोकारवालाहरुसंगको परामर्श गोष्ठी शुक्रबार भैरहवामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना तथा फोरम फर ईनर्जी एण्ड इन्भाइरोमेन्ट काठमाडौं सहजकर्ता रहेको गोष्ठी सिद्धार्थनगर नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो । 

रेडक्रस रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगरमा तातो हावाको लहर कम गर्न सबै प्रकारका उपाय अपनाउने बताउनुभयो । 

टीम लिडर दिनानाथ भण्डारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई चार वटा समूहमा विभाजन गरी विषयगत क्षेत्रका समस्या माथि प्रस्तुतीकरण गरिएको थियो । तातो हावामा विषयगत क्षेत्रका हिसाबले शिक्षा, स्वास्थ्य, कृषिका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा मार्चदेखि सेप्टेम्बरसम्मको तापक्रमको अवस्थाका बारेमा १० वर्षको विश्लेषण समेत गरिएको थियो । 

रेडक्रस रुपन्देही शाखा उपसभापति रुपमा हिराचनको स्वागतमा भएको कार्यक्रमको सञ्चालन फोकलपर्सन सिद्धार्थनगर नगरपालिकाका अधिकृत यादव सापकोटाले गर्नुभएको थियो । 

कार्यक्रममा मौसमविद् मनिषा केसी, जनस्वास्थ्यविद् उदेन महर्जन, प्रकोपविद् बुद्धिराम कुमाल, रेडक्रस रुपन्देहीका कोषाध्यक्ष अर्जुनराज उपाध्याय, प्रोजेक्ट फोकलपर्सन सुरक्षा भट्टराई लगायतले सहजीकरण गर्नुभएको थियो ।