२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विभिन्न पार्टी परित्याग गरी २५ जना नागरिक उन्मुक्तिमा प्रवेश

शनिवार , जेठ २५, २०८२

भैरहवा, २४ जेठ । रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी २५ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । बिहीबार रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित लखनौतियामा आयोजित कार्यक्रममा २५ जना नागरिक उन्मुक्तिमा प्रवेश गर्नुभएको पार्टीको रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश कोइरीले बताउनुभयो ।

कमलेश यादवको अध्यक्षता, पार्टीका जिल्ला अध्यक्ष तुलसी चौधरी र जिल्ला वरिष्ठ उपाध्यक्ष राकेश कोइरीको आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।