२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सम्पन्न

आइतवार , जेठ २६, २०८२

भैरहवा, २५ जेठ । भैरहवामा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम (माइण्ड फूलनेस लिडरसीप ट्रेनिङ) सम्पन्न भएको छ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र जेसीआई सिद्धार्थ लेडी नेपालको संयुक्त आयोजनामा एकदिने प्रशिक्षण भएको हो ।

प्रशिक्षण कार्यक्रममा ७० जना बढीको सहभागीता रहेको चेम्बर अफ कमर्स, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चेम्बर अफ कमर्स, रुपन्देहीका सल्लाहकार ज्ञानु पौड्यालले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण आयोजना गर्नु प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी, कार्यक्रम संयोजक तथा संस्थाका सचिव गौतम कुमार गुप्ता, जेसीआई सिद्धार्थ नेपालकी अध्यक्ष अम्बिका घिमिरे लगायतले बोल्नुभएको थियो ।

ttt.jpg

कार्यक्रममा प्रशिक्षक रमेश अर्यालले सहजीकरण गर्नुभएको थियो ।