
सोमवार , जेठ २७, २०८२
भैरहवा, २६ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिका पशु सेवा शाखाले बोयर बोका वितरण गरेको छ । बाख्राको नश्ल सुधारका लागि बोका वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख विनोद कुमार ठाकुरले बताउनुभयो । ६ वटा बाख्रापालन समूहलाई प्रति २ वटा गरी १२ वटा बोयर बोका वितरण गरिएको ठाकुरले जानकारी दिनुभयो ।
प्रतिबोका ५० हजार परेको शाखाले जनाएको छ । शाखाका अनुसार ६ लाखमा १२ वटा बोका खरिद गरिएको हो ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि कृषकको माग अनुसार बोयर बोका वितरण गरिने बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले आफू पनि किसानै परिवारको भएको बताउनुभयो । उहाँले कृषकको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
मत्स्य अधिकृत बृहस्पति भट्टराईले किसानलाई पशुपालनतर्फ आर्कषित गर्ने उद्देश्यले बोयर बोका वितरण गरिएको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij