२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

युवा व्यवसायी न्यौपाने दम्पत्तिको जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युनिट संकलन

सोमवार , जेठ २७, २०८२

बुटवल, २६ जेठ । पछिल्लो समय विभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उद्देश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरी मनाउन थालिएको हो ।

यसैबीच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पत्तिको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय सचिव तुल्सीराम र उहाँकी श्रीमती सृष्टि न्यौपानेको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ युनिट रगत संकलन भएको युवा व्यवसायी न्यौपानेले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जिसीले व्यवसायसँगै सामाजिक कार्य गरेकोमा न्यौपाने दम्पत्तिलाई धन्यवाद दिदै समाजसेवामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले जन्मदिनमा रक्तदान जस्तो महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले जन्मदिनबाट सुरु भएको रक्तदान नियमित तीन तीन महिनामा अनिवार्य गर्ने गरी अगाडी बढ्न सुझाव दिनुभयो । उहाँले रक्तदान निकै महत्वपूर्ण रहेको बताउँदै सबैले नियमित रक्तदान गरेमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

नियमित रक्तादाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले व्यवसायीले सामाजिक उत्तरदायित्वका कामहरु गर्नुपर्ने बताउँदै यस्ता गतिविधिले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । कृष्ण प्रसाद न्यौपानेको संयोजन तथा हिमाल खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।