२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कराँतेको बेल्ट प्रमोशन टेष्ट सम्पन्न

आइतवार , चैत्र १५, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, १५ चैत ।
    लुम्बिनी क्योकुशिन कराँते डो–संघ बज्र रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा ६६ औं बेल्ट प्रमोशन टेष्ट सम्पन्न भएको छ । भैरहवास्थित श्री रुपन्देही लिलाराम न्यौपाने मा.वि.मा भएको कार्यक्रममा १५ जना महिला र २५ जना पुरुष गरी ४० जनाको सहभागिता रहेको संघले जनाएको छ । 

    वार्षिक कार्यक्रम अन्र्तगत ४/४ महिनामा यो कार्यक्रमको आयोजना गरिदै आएको नेपाल क्योकुशिन कराँते डो–संघ बज्रका लुम्बिनी प्रदेश संयोजक सिहान करुणानिधि त्रिपाठीले बताए ।

    प्रमोशन टेष्टमा प्रशिक्षकहरु सुरज ढकाल, आदित्य बाल्मिकी र रोजी चौधरीले प्रशिक्षण दिएका थिए । 
    त्यस्तै संघको आयोजनामा आगामी २०७८ वैशाखमा पाँचौ जिल्लास्तरीय कराँते प्रतियोगिता हुने सुरज ढकालले जानकारी दिए ।