
सोमवार , जेठ २७, २०८२
भैरहवा, २६ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजनामा सोमबारदेखि तीनदिने उद्घोषण तथा भाषण कला तालिम सुरु भएको छ । युवा वर्गको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै समाजसेवी नारायण प्रसाद अग्रवालले यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सोम बहादुर गुरुङ, समाजसेवी आनन्द प्रसाद गुप्ता, चेम्बर अफ कमर्स, रुपन्देहीका (उद्योग व्यापार संगठन रुपन्देहीका सचिव गौतम कुमार गुप्ता, शिक्षक टीकाराम भट्टराई, प्रशिक्षक शंकर पाण्डे लगायतले बोल्दै तालिम व्यवहारिक र आवश्यक रहेको बताउनुभएको थियो ।
वडा नम्बर ५ का सदस्य सरस्वती श्रेष्ठको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य विनित बेरिवालले गर्नुभएको थियो । तालिममा ३० जनाको सहभागीता रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij